२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

चितवनकाे बछ्यौलीकी १३ बर्षिया बालिका बलात्कार गर्ने दुई युवक पक्राउ

२६ माघ, चितवन । चितवनकाे बछ्यौलीकी १३ बर्षिया बालिका बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन् । रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० बर्षीय गंगा चौधरी र २२ बर्षीय अजय कुमारलाई पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार दुबै मजदुरको काम गर्दै आएका थिए । पीडितकी आमाले खबर गरेको डेढ एक घण्टाभित्र अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : 18:21