धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
११ फागुन, काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बास्तोलालाई थुनामुक्त गर्न अस्वीकार गरेको हाे ।
सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १८:०३










