११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नबिल बैंकको अटो लोन योजना सार्वजनिक, ब्याजदर कति ?

११ फागुन, काठमाडौं। नबिल बैंकले सवारी साधन खरिद गर्न इच्छुक ग्राहकलाई लक्षित गर्दै ‘नबिल अटो लोन’ योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको जानकारीअनुसार उक्त कर्जामा वार्षिक ५.९१ प्रतिशतबाट फ्लोटिङ ब्याजदर सुरु हुने उल्लेख गरिएको छ।

यो योजनाअन्तर्गत विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारी साधन खरिदका लागि कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएकाे छ। ग्राहकले आफ्नो आवश्यकता र क्षमता अनुसार किस्ताबन्दी मिलाएर सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बढ्दो सवारी साधनको मागलाई ध्यानमा राख्दै सहज, छरितो तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएकाे छ ।  यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट वा ०१–५९७००१५ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाइएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १३:३१