२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अस्थायी करार शिक्षकलाई पुनः आन्तरिक परीक्षामा सहभागी गराउन माग 

२६ माघ, काठमाडौँ । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणा अनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट वञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकाश लिन चाहने शिक्षकलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान बिदा गर्न पनि माग गरेको छ ।

समितिले माघ २९ गते काठमाडौँमा बृहत्त शक्ति प्रदर्शन, फागुन १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम पनि राखेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 16:48