१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

नुवाकोटका निरोजसहित २ जना अवैध लागूऔषधसहित पक्राउ

१० फागुन, काठमाडौं । टोखा नगरपालिका-९ स्थित गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा धोवनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय अरबिन कुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भएका २९ वर्षीय निरोज पुडासैनी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ०९:३५