नुवाकोट क्याम्पसमा स्ववियु निर्वाचनकाे तयारी, भाेट माग्न थाले विद्यार्थी संगठन
२६ माघ, नुवाकाेट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनकाे तयारी सुरु भएकाे छ । त्रिभुवन विश्वविद्यालयले ताेकेकाे स्ववियु निर्वाचन कांग्रेसका कारण अनिश्चित बनेपनि नुवाकाे आदर्श क्याम्पसमा भने तयारी सुरु भएकाे छ ।

त्रिविले स्ववियुकाे निर्वाचन घाेषणा गर्नुअघि नै फायुन २९ भित्र निर्वाचन गर्ने निर्णय गरेकाे क्याम्पसमा चुनावी गतिविधि सुरु भएकाे छ । विद्यार्थी संगठन भाेट माग्न थालेका छन । उनीहरुले फ्लेक्स नै बनाएर क्याम्पसकाे गेट र भित्तामा भाेट मागिरहेका छन ।

यसले चुनावी चहलपहल बढाएकाे अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले बताए । उनले यसअघि नै फागुन २९ भित्रमा निर्वाचन गराउन नसके संयुक्त राजिनामा दिने घाेषणा गरेका कारण निर्वाचन बाध्यात्मक बनेबाे बताए । क्याम्पस सञ्चालक समितिकाे बैठकले स्ववियु निर्वाचनकाे सनदर्भमा यस्ताे निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति : 11:11







