९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

१२३ थान अवैध भरुवा बन्दुक बरामद

८ फागुन, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले करिब दुई महिनाको अवधीमा १२३ थान अवैध भरुवा बन्दक बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानमाबाट भरुवा बन्दु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार जिल्लाका विभिन्न जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घर गोठलगायतका ठाउँमा लुकाइछिपाई राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपयोग भई निर्वाचन तथा सार्वजानिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै हातहतियार खोजतलास अभियान चलाएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय  तथा मातहत प्रहरी यूनिटबाट खटिएका विशेष अप्रेशन टोलीले स्थानीय नागरिकको सूचना तथा सहयोगमा इजाजतपत्र बिनाका भरुवा बन्दुक बरामद गरेको उहाँ बताउनुहुन्छ । शुक्रबार मात्रै काठेखोला गाउँपालिका–३ धम्जा सायकटेरास्थित जङ्गलमाबाट चार थान भरुवा बन्दु बरामद गरेको प्रहरी नाययव उपरीक्षक पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्वाचनलाई लक्षित गरी हातहतियार खोजी र बरामद अभियाननै चलाएका छौँ, छोटो सयमै धेरै हातहतियार बरामद गर्न सफल भयौँ, अझै पनि हाम्रो अभियान जारी रहेको छ ।”

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार ०५:४२