२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

अमेरिका लैजाने भन्दै ६ लाख ठगी गर्ने चन्द्रकला पक्राउ

८ फागुन, काठमाडाैं । वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

निज दाहालले अमेरिका लैजाने भन्दै एक जनाबाट रु छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।

निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 20, 2026 at 4:54 pm