८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

तारकेश्वरमा ११ लाख बराबरको गरगहना चोरी

८ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिका–१० मा ११ लाख बराबरको गरगहना चोरी भएको छ । तारकेश्वर–१० मा डेरा गरी बस्ने धादिङको रुबी भ्याली गाउँपालिका–३ घर भएकी रेली माया तामाङको डेराकोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ११ लाख २२ हजार रूपैयाँ बराबरको  चोरी भएको हो ।

शुक्रबार बिहान कोही नभएको मौकामा चोरी भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १६:१७