नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ
६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा कट्टेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १६:०४










