पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
६ फागुन, काठमाडाैं । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।
शिवरात्रीमा उनले पशुपतिमा खटिएका प्रहरीलाई हातपात गरेको भिडिओ सार्वजनिक भएको थियो। तर प्रहरीले पहिचान गर्न नसकेपछि उनको फोटो सार्वजनिक गर्दै पहिचान गर्न सहयोग मागेको थियो।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १३:०५










