पैदलयात्रु कुट्ने कांग्रेस नेता बम पक्राउ
५ फागुन, काठमाडौँ । काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने नेपाली कांग्रेसका नेता पारस बम पक्राउ पर्नुभएको छ । आफू सवार गाडीबाट झरेर बीच सडकमा हिँडिरहेका एक जना जेष्ठ नागरिकमाथि बमले कुटपिट गर्नुभएको थियो ।
मंगलबार पक्राउ पर्नुभएको बमलाई अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अदालतले पनि अनुमति दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कर्यालयले बमलाई पक्राउ गरेको हो ।

बूढानीलकण्ठ ३ बस्दै आएका ४२ वर्षीय बम बैतडीको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले नारायणगोपाल चोकस्थित सडक खण्डमा बा ३ च ११०३ नम्बरको निजी कारबाट ओर्लिएर कुटपिट गर्नुभएको थियो ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार २२:१६










