दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
५ फागुन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निरन्तर निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै विभिन्न भिडियो बनाएर तथ्यहिन विषय युट्युबरहरू मार्फत प्रशारण गरिरहेको आरोप छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १६:१४










