२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रहरीको ‘असई’ बनाईदिन्छु भन्दै ठगी गर्ने काभ्रेस्थलीका नवराज भण्डारी  पक्राउ

२५ माघ, काठमाडौं  । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै ठगी गर्ने काभ्रेस्थलीका नवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली स्थायी घर भएका भण्डारीले उदयकान्त शाहलाई असई बनाइदिन्छु भन्दै दुई महिनाअघि एडभान्सको रुपमा ७० हजार लिएको प्रहरीले जनाएकाे छ ।

भण्डारीलाई शुक्रवार मध्यान्ह नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । काभ्रेस्थलीमा जग्गाको कारोबार गर्दै आएका भण्डारीले प्रहरीसँगको प्रारम्भिक बयानमा आफु समाजसेवी भएको बताएका छन् ।

प्रकाशित मिति : 17:10