१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

तीन किलो चाँदीसहित नागढुङ्गाबाट एक जना पक्राउ

५ फागुन, काठमाडौँ । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले राससलाई बताउनुभयो ।

प्रकाशित मिति : February 17, 2026 at 4:06 pm