३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा

५ फागुन, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : February 17, 2026 at 9:26 am