एमालेको कारबाहीमा परेका दुर्गा प्रसाईं फेरि पक्राउ (भिडियोसहित)
५ फागुन, काठमाडौँ । नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह बोकेर देश दौडाहा हिँडेपछि एमाले केन्द्रीय सदस्यबाट कारबाहीमा परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले प्रसाईंको पक्राउको पुष्टि गरेका छन । उनले प्रसाईंलाई पक्राउपछि परिसरमै राखिएको पनि बताएका छन ।
गत माघ २५ गते मात्र हाजिरी जमानीमा छुटेका प्रसाईंले निरन्तर निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै विभिन्न भिडियो बनाएर तथ्यहिन विषय युट्युबरहरू मार्फत प्रशारण गरिरहेका छन ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०६:५२










