काठमाडौं जिल्ला अदालतका न्यायाधीश बानियाँलाई घुस लिएर मुद्दाको फैसला गरेको आरोप
२३ माघ, काठमाडाैं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बानियाँलाई घुस लिएर मुद्दाको फैसला गरेको आरोप लागेर न्याय परिषद्मा तानिएका छन् । माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेन न्यायाधीशको निर्देशनमा गरेको बयान दिएपछि उनी न्याय परिषद्मा तानिएका हुन् ।

चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीशको निर्देशनमा न्याय परिषद्ले बानियाँलाई माघ २४ गते बिहिबार न्याय परिषद्मा तानेको हो । माघ २३ गते निर्णय गरेको भएपनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको हो ।
प्रकाशित मिति : 16:09









