२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

डा. अन्जान शाक्यसहित तीन राजदूतले लिए सपथ

२५ माघ, काठमाडाैं । विभिन्न तीन देश तथा नियोगका लागि नियुक्त भएका राजदूतले शुक्रबार सपथ लिएका छन् । इजरायलका लागि नेपालको राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् । सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेत थिए ।

प्रकाशित मिति : 15:20