२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

एनआईसी एशिया बैंकले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

१ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनी निराश बनाउँदै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : February 13, 2026 at 10:40 am