१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी

१ फागुन, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि कर्मचारी  माग गरेकाे छ । बैंकले चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको हाे ।

यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ।

तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १०:०७