अंश विवादमा ससुराकाे हत्या गर्ने बुहारी पक्राउ
२४ माघ, ओखलढुंगा । ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका- ४ रुम्जाटारमा बुहारीले फलामको ढुंग्रोले हिर्काएर ससुराको हत्या गरेकी छिन् । ३० वर्षिया तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काएर ७० वर्षीय ससुरा रामकाजी गुरुङको हत्या गरेकी छिन् ।

प्रहरीले तारादेवीलाई पक्राउ गरेको छ । अंशबण्डाको बिषयमा विवाद हुँदा तारादेवीले ससुराको टाउकोमा फलामको ढुंग्रोले हिर्काएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियाे ।
प्रकाशित मिति : 18:06







