२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रहरीलाई घुस दिन खोज्ने धादिङका केदार मल्ल कलंकीबाट पक्राउ

२४ माघ, काठमाडौं  । प्रहरीलाई घुस दिन खाेज्ने धादिङका केदार मल्ल कलंकीबाट पक्राउ परेका छन् । कलंकी ढुंगे अड्डाबाट प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ललाई बुधबार राति प्रहरीले पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा चालक मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई  घुस दिन खोजेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 16:34