सिन्धुलीमा जीप दुर्घटनाहुँदा ५ जनाको मृत्यु, ७ घाइते
२४ माघ, सिन्धुली । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ । भने ७ जना घाइते छन् । घाइते मध्यमा ३ जनाको अवस्था गम्भीर रहेकाे छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा ५ जनाकाे घटनास्थलमै मृत्यु भएको हाे ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेकेा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 12:45









