१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नुवाकोटकाे बेलकोटगढी नगरपालिकाको १० करोड पूरक बजेट स्वीकृत

२४ माघ, नुवाकाेट । नुवाकोट बेलकोटगढी नगरपालिकाले रु दश करोड पूरक बजेट विनियोजन गरेको छ । बुधबारको चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि रु दश करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, विभिन्न पाँच वटा वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ ।

नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन, २०७५ र घर निर्माण आचारसंहितासम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 7, 2019 at 12:22 pm