श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर १२ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
२४ माघ, अर्घाखाँची । अर्घाखाँचीमा बाबुले १२ वर्षीया छोरीलार्इ बलात्कार गरेका छन् । आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका हुन् । शीतगंगा नगरपालिकाको वडा नम्बर–६,मा श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरीलार्इ बुबाले बलात्कार गरेका छन् ।बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन ।
आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना वाहिर आएको हो । आफ्नै बाबु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 12:10









