फेक रेस्क्यू प्रकरणः श्रीद्धी अस्पतालका सञ्चालक गिर्वाणराज तिमिल्सिना पक्राउ
२५ माघ, काठमाडौं । विदेशी पर्यटकहरूको ‘फेक रेस्क्यू’ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीद्धी अस्पतालका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिना रहेका छन् ।
फेक रेस्क्यु र अस्पतालमा उचार गराएको देखाएर बीमा रकम असुल्ने क्रममा अस्पतालको समेत संलग्नता देखिएपछि सञ्चालक तिमिल्सिनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएकाे छ । योसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १७:५३








