१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

बालेनको कोठा फुटाउने चोर रविसँगै कारागारबाट भागेका कैदी

२५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई शुक्रबार र शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका विष्णुबहादुर राजवाहकले बालेनको घरमा चोरी गरेको स्वीकार गरेका छन्।

उनी चोरी मुद्दामा २०७९ मंसिर १८ गते पक्राउ परी ३ वर्ष ६ महिना कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते जेनजी आन्दोलन क्रममा उनी नख्खु कारागारबाट भागेका थिए।  उनी यो चोरीका मुख्य व्यक्ति समेत भएको प्रहरीले जनाएको छ। नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले जनाएकाे छ । उनी रास्वपा अध्यक्ष रवि लामिछानेसँगै कारागारबाट भागेका थिए ।

प्रकाशित मिति : February 8, 2026 at 4:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/