२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

स्रोत नखुलेको साढे २१ लाख नगदसहित एक जना पक्राउ

२२ माघ, काठमाडौँ । स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार पाललाई नियमित चेकजाँचका क्रममा उक्त नगदसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : February 5, 2026 at 5:51 pm