२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

२० माघ, काठमाडाैं । समाजवादी पार्टी (जसपा) नेपाल का दुई जना पालिका प्रमुख नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे छ । पर्सामा जसपा  नेपालबाट निर्वाचित दुई जना पालिका प्रमुख साेमबार नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे हाे ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली औपचारिक रूपमा आज एमालेमा प्रवेश गर्नुभएकाे हाे । उहाँहरूलाई एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) ले  पार्टीमा स्वागत गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १७:१८