कलंकीमा सवारी दुर्घटना हुँदा धादिङका राजु सापकोटाको मृत्यु
१९ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारस्थित सडकमा बा.प्र.०२-०३० प ९५४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक धादिङ थाक्रे गाउँपालिका-६ घर भएका ३८ वर्षीय राजु सापकोटाको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १५:०३







