अवैध लागूऔषधसहित नुवाकोटका सनि पक्राउ
१९ माघ, काठमाडौं । चन्द्रागिरी नगरपालिका-९ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३३ वर्षीय सनि गरूवाचार्य र सोही नगरपालिका-९ बस्ने बारा घर भएका २० वर्षीय महम्मद कैसखान रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १४:५८







