१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध

१९ माघ, वासिङ्टन । संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार – आइतवार सम्मा १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसै विच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैबीच, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६०० भन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । आँधीसँगै आएको क्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम–३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १४:१७