माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता सेयर बिक्रीमा
१९ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाइ आवेदन दिनु पर्नेछ ।
साथै, तोकिएको समय अवधिभित्र सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ०९:४६







