२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

 एनसेलबाटै लाभकर असुल्न सर्वोच्चको परमादेश

२३ माघ, काठमाण्डाैँ । एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । बहसमा एनसेलका तर्फबाट बहस गरेका वकिलले टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने बताए पनि प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणासहित ५ जना न्याधीशको पूर्ण इजलासले एनसेल बिक्री गर्दा लाग्ने लाभकर एनसेल र एक्जियाटाले नै तिर्नुपर्ने बताएकाे हो ।

सर्वोच्चको पूर्ण इजलासले भने लाभकरको विषयमा एनसेल नै जिम्मेवार भएको भन्दै पूँजिगत लाभकर एनसेलले नै तिर्नुपर्ने परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : 18:27