मेलम्ची आयाेजनाकाे विषयमा नेपाली र ईटालीका राजदूतबीच सिंगापुरमा वार्ता
२३ माघ, काठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाको विषयमा नेपाली र ईटालीका राजदूतबीच सिंगापुरमा छलफल भइरहेकाे छ । इटलीकाे सीएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा दुवै पक्षबीच सिंगापुरमा छलफल भइरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटाे सक्न सकेसम्म सीएमसीबाटै गराउने र नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ ।

आयाेजनाकाे निर्माण कार्यलाई अघि बढाउन निकास निकाल्न सीएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भइरहेको हो ।यसअघि औपचारिक र अनौपचारिक रुपले सीएमसीका प्रतिनिधिहरुसँग छलफल हुँदै आएकाे छ । वार्ताका मध्यमबाट पनि ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने तयारी गरेकाे छ ।
प्रकाशित मिति : 17:49









