३ महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ
१५ माघ, गुल्मी । आफ्नै छोरा ३ महिनाको छाेराेकाे हत्या गरेको अभियोगमा इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्त बहादुरले मादक पदार्थ सेवन गरी सुवास कुमालको बुधबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १७:४७







