२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले दिए राजीनामा

२३ माघ, काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिएका छन् । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाहरुको स्थिति तथा मानव अधिकारको गम्भीर उल्लंघनको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन २०७१ माघमा आयोग गठन भएको थियो।

आगामी २६ माघमा आयोगको म्याद  सकिनै लाग्दा अध्यक्ष गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका हुन् । आयोगको  म्याद पटकपटक थपिँदै आएको र आवश्यक कानुन निर्माण नभएकोले द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकिने भन्दै उनीहरुले राजीनामा दिएका हुन्। उनिहरूले २७ माघ देखि लागू हुनेगरी राजीनामा आयोगमा पेस गरेका हुन् ।

 

प्रकाशित मिति : 16:35