परपुरुषसँग लागेर एलिशाले गरिन आफ्नै ४ वर्षिय छोराको विष खुवाएर हत्या
२३ माघ, काठमाडौँ । सल्यानमा परपुरुषसँग लागेर एक युवतीले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेकाे खुलासा भएकाे छ ।सल्यानकाे छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षिय एलिशा खत्रीले ४ वर्षका छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

परपुरुषसँग सम्बन्ध राखेकी खत्रीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेकी हुन् । विषादी खुवाएर वान्ता गर्न थालेका बालकलाई श्रीनगरको अधिकारी पोलिक्लिनिकमा लगेपछि डाक्टरले मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।
बालकको दाहसंस्कार गरेकै साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । प्रहरीले एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए ।
प्रकाशित मिति : 15:17







