प्रभु बैंकका १४ शाखा कार्यालय बन्द
१५ माघ, काठमाडौँ। प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो ।
बैंकले पत्रिकामा एउटा सूचना प्रकाशित गरी बैंकले ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीका ३ तथा चितवनका १ शाखा समायोजन भएको जनाएकाे छ ।
काठमाडौँ महानगरभित्रको बौद्ध, वागदरबार, नरेफाँट, मित्रपार्क, एयरपोर्ट, टेकु र पुतलीसडकका शाखाहरू बन्द गर्न लागेको बैंकको सूचनामा उल्लेख छ ।
त्यस्तै ललितपुर महानगरभित्रका दुईवटा शाखाहरू समायोजनमा लान लागेको बैंकले जनाएको छ। पोखरा महानगरपालिकाको पनि तीनवटा शाखाहरू बन्द हुने भएका छन्। अर्घौचोक, हरिचोक र नयाँगाऊँ शाखाहरू समायोजनमा परेका छन्। यसबाहेक चितवन भरतपुरको बेल्चोक शाखा र विराटनगरको गोल्छाचोक शाखा पनि समायोजन हुने भएका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:५४







