२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

लक्ष्मी सनराइज बैंकको खुद नाफासँगै वितरणयोग्य मुनाफा पनि ऋणात्मक

१५ माघ, काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको सञ्चालन नाफा पनि १५ करोड ९८ लाख ८ हजार ऋणात्मक रहेको छ । बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रहेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट घटेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिनशत कायम भएको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ।

प्रकाशित मिति : January 29, 2026 at 9:55 am