१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सरकारी गाडी जलाउने नेविसंघका नेता डिफान भुजेलसहित ३ जनाबिरूद्ध  सार्वजनिक मुद्धा

२३ माघ, काठमाडौँ । प्रहरीले सरकारी गाडी जलाउने नेविसंघका नेता डिफान भुजेलसहित ३ जनाबिरूद्ध सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ। नेबिसंघका नेताहरूले पोखराका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए।

गाडी जलाएपछि प्रहरीले ५ जनालाई प्रक्राउ गरेकाे र तीमध्ये लक्ष्मी पौडेल र राजेन्द्र बराल रिहा भैसकेका छन्  । तर प्रहरीले  ३ जनालाई हिरासतमै राखेर सार्वजनिक अपराधको मुद्धा चलाइ अनुसन्धान गरिरहेकाे छ । डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको प्रहरीले जानकारी दिएकाे छ । उक्त ऐनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ।यसै व्यवस्था अनुसार विद्यार्थी नेताहरुलाई कारबाही भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। साथै, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : February 6, 2019 at 1:32 pm