सिके राउतका ९ जना कार्यकर्ता विरुद्ध राज्यद्रोहकाे मुद्दा
२३ माघ, बाँके । प्रहरीले सिके राउतका ९ जना कार्यकर्ता विरुद्ध राज्यद्रोहकाे मुद्दा लगाएकाे छ । उनिहरूले बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाएा थिए । पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई जानकी गाउँपालिका–२ बाट पक्राउ पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा सुनसरीका श्रीराम चौधरी, सुनसरीका श्रीराम चौधरी, सिराहाका बिसुनदेव ठाकुर, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।
पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।
प्रकाशित मिति : 12:15







