७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा

१३ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर  बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : January 27, 2026 at 9:31 am