जिउँदो कछुवा खरिद बिक्री गर्ने तिवारी धोबिघाटबाट पक्राउ
१२ माघ, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले ललितपुरको धोबिघाटबाट चितवनको भरतपुर महानगरपालिका–१६ का १९ वर्षीय रोहिम तिवारीलाई छ वटा कछुवासहित पक्राउ गरेको हो ।
निजलाई आवश्यक कानुनी कारबाहीका लागि आज डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १८:३०







