२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अब जनप्रतिनिधिको सिफारिसमै भूकम्प पीडितले अनुदान पाउने, स्यावास ओली सरकार


२२ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएकाे तीन सातापछि निर्णयमा हस्ताक्षर भएकाे प्रति सार्वजनिक भएकाे छ । यसअघिको निर्णयलाई संशोधन गर्दै पुस ३० काे  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै ओलीले मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गरेेेेका थिए ।

प्रधानमन्त्रीले हस्ताक्षर गरेकाे निर्णयमा भनिएकने छ `प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि नक्सा र प्राविधिक उपलब्ध गराउन विलम्ब भएकाे कारणबाट आफैँ घर निर्माण गरिसकेेेेका निजी घरधनीहरु आफूले बनाएकाे घरमा बसाेबास गर्दै आएकाे भनी सम्बन्धित स्थानीय तहले प्रमाणिकरण गरि सिफारिस गरिदिएकाे आधारमा आफैँले घर बनाइ बसाेबास गर्ने घरधनीलाई अनुदानको रकम एकमुष्ठ तीन लाख उपलब्ध गराउने ।´

हेर्नुहाेस निर्णय

 

पुनर्निर्माणका कानूनले औचित्यपूर्ण आवश्यकतालाई पूरा नगरे परिवर्तन गर्ने बताएका ओलीले निजी आवास पुनर्निर्माणमा जोखिमपूर्ण वर्गमा परेकालाई प्राथमिकता दिने, अनुगमनलाई अझ प्रभावकारी बनाउने, स्थानीय तहसँग समन्वय गर्ने, दुई वर्षमै पुनर्निर्माणका काम सक्ने गरी बाँकी समयलाई उपयोग गरिने कार्ययोजना बनाउन पनि निर्देशन दिएका थिए । हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएकाा छन

 

भूकम्पले आठ लाख ११ हजार १५४ घरमा क्षति पुगेको छ । क्षति पुगेका घर लाभग्राही सूचीमा समावेश भएका छन् । सात लाख ४९ हजार १५५ घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

सात लाख ४१ हजार ७९९ लाभग्राही पहिलो किस्ताबापत रु ५० हजार बुझेका छन् । पाँच लाख ७८ हजार ८४७ घर पुनर्निर्माण शुरु भएको छ । ६१ हजार ५९१ घर प्रबलीकरण सूचीमा समावेश भएका छन् । प्रबलीकरण लाभग्राही सूचीमा परेकाले दुई किस्तामा रु एक लाख अनुदान पाउने कार्यविधि छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार २०:५४