११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

सुपरमाई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

११ माघ, काठमाडाैं । सुपरमाई हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। कम्पनीले आफ्नो धितोपत्र कारोबार व्यवस्थापन र रजिष्ट्रार सम्बन्धी कार्यका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हाे । क्यापिटललाई फागुन १ गतेदेखि लागू हुनेगरी आगामी ३ वर्षका लागि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

क्यापिटललाई धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयर टुक्र्याउने तथा सेयरवालाको लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:१६