९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

११ माघ, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड र सञ्चालन मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ। बैंकको खराब कर्जा अनुपात ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ । १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ।

प्रकाशित मिति : January 25, 2026 at 9:37 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/