चार तस्बिरमा हेर्नुहाेस नुवाकाेटमा युएनडिपीका कर्मचारी चढेकाे जीप दुर्घटना
२२ माघ, नुवाकोट । नुवाकोटकाे पञ्चकन्या गाउँपालिकाको आरुखर्कमा मंगलबार साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुघटनामा परि ५ जना घाइते भएका छन्

पञ्चकन्या गाउँपालिका–४, थप्रेकको आरुखर्कमा यूएनडीपीका कर्मचारीहरु चढेको बा ३ च ५७११ नम्बरको गाडी साँझ साढे पाँच बजे दुर्घटना हुँदा १ जनाको मृत्यु भएको खरानीटार इलाका प्रहरी चौकीका इञ्जार्च प्रहरी निरीक्षक नरेश महतोले जानकारी दिए । दुर्घटनामा गाडीका चालकको ज्यान गएको हो । मृत्यु हुनेको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका ५ जनाको उद्धार गरी उपचारका लागि काठमाडाैँ पठाइएको प्रहरीले जनाएको छ । यूएनडीपीका कर्मचारी अजय पौडेलसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । थप्रेकमा यूएनडीपीको सहयोगमा निर्माण भइरहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारीहरुले बट्टारबाट भाडामा लिएर गएको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : 20:07







