कुमारी बैंकको २२ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
९ माघ, काठमाडौं। कुमारी बैंक लिमिटेडले केही कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २२ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।
साथै, निर्धारित समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार ११:१६






